Section 162
अङ्गभङ्ग भएमा हुने सजाय
(१) कसैले कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउ“मा रहे बसेको मानिसको त्यस्तो दुर्घटनाको कारणबाट अङ्गभङ्ग भएमा त्यस्तो कार्य बदनियतसाथ गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई तीन वर्षदेखि दश वर्षसम्म कैद र तीस हजार रुपैया“सम्म जरिबाना हुनेछ । सो खत निको भई काम लाग्ने भएमा त्यस्तो सवारी चलाउने व्यक्तिलाई पाँच हजार रुपैयाँ जरिबाना हुनेछ ।
(२) चालक अनुमतिपत्र नभएको व्यक्तिले सवारी चलाई उपदफा (१) मा उल्लिखित कुनै कसुर गरेमा निजलाई सो उपदफा बमोजिम हुने सजायमा पाँचहजार रुपैयाँ थप जरिवाना हुनेछ ।
(३) कुनै सवारीको धनी वा सवारीको जिम्मा लिएको व्यक्तिले चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी चलाउन दिई कुनै मानसिलाई किची, ठक्कर लागि वा दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिसको अङ्गभङ्ग भएमा त्यस्तो सवारी चलाउन दिने व्यक्तिलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुनेछ ।